मंसिर महिनामा रोजगारीका लागि कतार जाने नेपालीको संख्या बढेको छ। वैदेशिक रोजगार विभागका अनुसार यो महिनामा ८ हजार ५९५ जनाले कतारका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्।
जुन अन्य देशहरुमा भन्दा उच्च हो। यसअघि कतारमाथि छिमेकी देशहरुले नाकाबन्दी गरेपछि त्यहाँको रोजगारी प्रभावित भएको थियो।
अघिल्लो महिना कात्तिकमा सबैभन्दा धेरै नेपाली मलेसिया गएकोमा मंसिर महिनामा भने कतार प्रमुख गन्तव्य बनेको छ। कतारपछि मलेसियाका लागि ८ हजार ३६५ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्।
कात्तिकमा मलेसियामा ८ हजार ८७३ जना नेपाली गएकोमा कतारमा ७ हजार ५३९ जना पुगेका थिए। मंसिरमा कुल २७ हजार ९६५ जनाले रोजगारीका लागि संस्थागततर्फबाट अन्तिम श्रम स्वीकृति लिएका छन्।