मलेसियामा अवैध रुपमा बसोबास गर्दै आएकालाई घरफिर्तीको समय थप गरिएको छ।
अवैध कामदारलाई ३१ डिसेम्बरसम्म घर फर्कनुपर्ने वा वैध हुनुपर्ने विकल्प दिइएकोमा यो अवधि बढाइएको हो। अब जुन ३० तारिखसम्म यो अवधि राखिएको छ। अर्थात साढे ५ महिनाको अवधि थपिएपछि अवैधानिक कामदारलाई राहत मिलेको छ।
मलेसियामा नेपाली नागरिक पनि धेरै अवैधानिक रुपमा बसोबास गर्दै आएको अनुमान छ। नेपाल फर्कन चाहने नेपाली कामदारलाई ८ कम्पनीमा सम्पर्क राख्न क्वालालम्पुरस्थित नेपाली दूतावासले आग्रह गरेको छ।
बुक्ती मेगाह, फरफासे रिसोर्स, इन्टरनेसनल मार्केटिङ एण्ड नेट, केरिकोम, पिएमएफ कन्सोर्टियम, पेरुन्डिङ जोन, प्रोफाउन्ड रेडियन्स र बुक्ती मालिगाइ कम्पनीमा अवैधानिक नेपालीले सम्पर्क राख्न सक्नेछन्।