हिमालय कलेज अफ इन्जिनियरिङ्गका विद्यार्थीलाई बजार सुहाउँदो दक्ष बनाउन व्यवसायिक तालिम प्रदान गरिएको छ।
इन्जिनियरिङ्ग शिक्षाको सिभिल तथा आर्किटेक्चर विषयका विद्यार्थीलाई निर्माण व्यवसायीले तालिम प्रदान गरेका हुन्। पाठ्यक्रम र कार्यान्वयनका बीचमा देखिएको अन्तर समाधानका लागि यसबाट मद्दत पुग्ने कलेजले जनाएको छ।
तालिमपछि व्यवसायीहरुले अपेक्षा गरेअनुसारका व्यवहारिक ज्ञान तथा सीपप्राप्त इन्जिनियरहरु पाउन सक्ने र विद्यार्थीलाई पनि व्यवहारिक ज्ञान बढ्ने कलेजले जनाएको छ।