चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारमा जानेहरु घटेका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको साउन, भदौ र असोजमा ९५ हजार १९३ जनाले श्रम स्वीकृति लिएकोमा अहिलेको सोही अवधिमा ९२ हजार ७२२ जनाले मात्रै लिएका छन्।
यो अवधिमा मलेसिया जानेको संख्या सबैभन्दा धेरै छ। ३१ हजार ५२९ जनाले मलेसियाको लागि श्रम स्वीकृति लिएका छन्। जवकि गत वर्षको यस अवधिमा कतार जानेहरु सबैभन्दा धेरै थिए।
विदेसिने कामदारको संख्या बढे पनि भित्रिने रेमिट्यान्स भने बढेको छ। यस आवको सुरुका तीन महिनामा १ खर्ब ७६ अर्ब रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो वर्षमा भन्दा २ दशमलव ६ प्रतिशतले बढी हो।
रेमिट्यान्स बढे पनि वृद्धिदर भने खुम्चिएको छ। गत वर्ष ३.२ प्रतिशतले रेमिट्यान्स बढेकोमा यो वर्ष २.६ प्रतिशतमा सीमित भएको हो।