नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले एक हजार र पाँच सयका नोट प्रतिबन्ध लगाउनु पर्ने धारणा राखेका छन्।
आइतबार बसेको प्रतिनिधि सभाकाे शून्य समयमा उनले यस्तो बताएका हुन्।
सुशासन कायम गर्न तथा भ्रष्टाचार कम गर्नको लागि पनि यी नोट माथिको प्रतिबन्ध लगाउनु पर्ने उनकाे भनाइ छ।
उनले ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टमा भ्रष्टाचार व्याप्त मुलुकहरूको सूचीमा नेपाल एक श्रेणी थपिएको तथा फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को ग्रे सूचीमा परेको विषयमा तत्काल संसदीय छलफल गर्न आवश्यक रहेको उनले बताएका छन्।
भ्रष्टाचार बढ्नु र ग्रे सूचीमा पर्नुको कारणबारे छलफल गर्नुपर्ने उनको भनाइ छ। उनले भ्रष्टाचार घटाउने उपायबारे पनि छलफल गर्नुपर्ने बताएका छन्।