सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बराल र उप महानिर्देशक अर्जुनप्रसाद भट्टराईलाई सरूवा गरेको छ। गत शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट उनीहरूलाई सुरूवा गरिएको हो।
बराल गत माघ १९ गतेको निर्णयबाट आन्तरिक राजस्व विभागमा सुरूवा भएका थिए। जिम्मेवारी लिएको दुई महिना नपुग्दै उनलाई त्यहाँबाट सरूवा गरिएको हो।
अर्थका क्याडर बराललाई वन तथा वातावरण मन्त्रालयमा सरूवा गरिएको छ। त्यस्तै भट्टराईलाई सामान्य प्रशासन मन्त्रालयमा सरूवा गरिएको छ।
यो सँगै आन्तरिक राजस्व विभागमा एक महानिर्देशक र दुई जना उपमहानिर्देशकको पद रिक्त भएको छ। यो जिम्मेवारीमा कसलाई पठाउने भन्ने सवालमा अर्थमन्त्रालयमा निर्णय लिइएको छैन।
गत माघमा नै विभागमा उपमहानिर्देशक टंक पाण्डेयको सुरूवा गरिएको थियो। पाण्डेय र भट्टराईले लामो समयदेखि आन्तरिक राजस्वमा काम गरेका थिए।
सरकारले तीन जना सह–सचिवलाई भने अर्थमन्त्रालयमा सरूवा गरेको छ।
अर्थमन्त्रालमया सरूवा हुनेमा ढुण्डीप्रसाद निरौला, शिवलाल तिवारी र नारायण सापकोटा रहेका छन्।
निरौला संघीय मामिला मन्त्रालयमा थिए भने तिवारी वातावरण विभागको महानिर्देशको जिम्मेवारीमा थिए। त्यस्तै सापकोटा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थिए।