१० वर्ष उमेर नाघेको नेपालको जनसंख्यामध्ये ६५ प्रतिशत जनसंख्या रोजगारी र आर्थिक रूपले सक्रिय रहेको पाइएको छ।
राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार दस वर्ष वा माथिका कुल जनसंख्याको लगभग दुई तिहाई मानिस आर्थिक रूपमा सक्रिय देखिएका हुन्। यो भनेको विभिन्न सेवा वा वस्तुको उत्पादन तथा यस्ता क्रियाकलापमा जोडिएको संख्या हो।
आर्थिक रूपमा सक्रिय पुरूष ७१ प्रतिशत छन् भने महिला ६५ प्रतिशत छन्।
नगरपालिकाहरूको जनसंख्यामा नगरपालिकामा ६३.२४ प्रतिशत यस्ता मानिस छन्। त्यसैगरी गाउँपालिकामा बसोवास गर्नेहरूमा बढी ७०.६४ प्रतिशत छ।
पहाडी क्षेत्रमा आर्थिक रूपमा सक्रिय जनसंख्या ७४ प्रतिशत हुँदा तराईमा ६२.५४ प्रतिशत छ।
प्रदेशगत रूपमा आर्थिक रूपमा सक्रिय जनसंख्यामा कर्णाली ७२ प्रतिशतले एक नम्बरमा छ भने ७१.१४ प्रतिशतले दोस्रोमा कोशी छ।
सबैभन्दा कम मधेशमा ५७.३४ प्रतिशत छ। मधेसमा लैंगिक अन्तर बढी छ। त्यहाँ पुरूषको ६७.३४ प्रतिशत र महिलाको ४७.६४ प्रतिशत छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १० वर्ष वा सोभन्दा माथिका जनसंख्यामा विगत १२ महिनामा ६ महिना वा सोभन्दा बढी समय काम गर्ने वा काम खोज्ने आर्थिक रूपमा सक्रिय व्यक्ति ९३ प्रतिशत छन्।
आर्थिक रूपले सक्रियमध्ये रोजगारीमा रहेका पुरूष ९३.८४ प्रतिशत महिला ९२ प्रतिशत छन्।