निजी क्षेत्रका प्रतिनिधीले अर्थतन्त्रमा थप सुधारको आवश्यक रहेको बताएका छन्।
शुक्रबार नेपाल आर्थिक पत्रकार समाज सेजनको स्थापना दिवसको अवसरमा गरिएको कार्यक्रममा सरकारले पछिल्लो समय केही चासो देखाए पनि सुधार अझै नदेखिएको उनीहरूले बताएका हुन्।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अझै पनि कर्जामा माग नबढ्नु चिन्ताको विषय भएको बताए।
उनले कर्जाको ब्याजदर १० प्रतिशतभन्दा तल हुनुपर्ने बताए। सरकारले अर्थतन्त्रका विषयमा थप गम्भीर हुनुपर्ने बताउँदै उनले केही सूचकांकहरूमा सुधार देखिए पनि विभिन्न मुद्दामा सरकारको सम्बोधन आवश्यक रहेको जानकारी दिए।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले सरकारले संकट नस्वीकारे दाबी गरे।
उनले अर्थतन्त्र अहिले पनि समस्यामा रहेपनि सरकारले नस्वीकार्दा समस्या समाधान हुन नसकेको बताए।
सरकार अझै पनि खुकुलो नीतिका पक्षमा नदेखिएको उनको दाबी छ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्र सुधारोन्मुख रहेको बताएका छन्। ब्याजदर अति बढेको भन्दै चिन्ता दायार भएकोमा पछिल्लो समयमा घट्ने क्रममा रहेको बताए। `कर्जाको ब्याज १ प्रतिशतले घटेको छ घट्ने क्रम जारी´ उनले भने `धेरै सूचकाङ्क राम्रो छ, बैंकसँग आवश्यक तरलता छ।´
बैकिङ् क्षेत्रमा केही चुनौती देखिएको पनि उनले बताए।
ब्याज घट्नु चुनौती रहेको, रिटर्न अफ इक्युटी ८ प्रतिशतमा झर्नु अर्को चुनौती रहेको उनले बताए।