चालु आर्थिक वर्ष २०८१/८२ को चैतमा देशभर ४९ हजार ८ सय ३२ संख्यामा घरजग्गा कारोबार भएको छ।
यो अघिल्लो महिना भएको घरजग्गा कारोबारको तुलनामा ८.१८ प्रतिशतले बढी हो।
फागुनमा ४६ हजार ६१ संख्यामा घरजग्गा कारोबार भएको थियो।
फागुनको तुलनामा चैतमा राजस्व पनि ६.६६ प्रतिशतले वृद्धि भएको हो।
फागुनमा देशभर भएको घरजग्गा कारोबारबाट सरकारलाई चार अर्ब १२ करोड रूपैयाँ राजस्व प्राप्त भएको थियो भने चैतमा चार अर्ब ३९ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ।
गत वर्ष चैतको तुलनामा भने यो चैतमा घरजग्गा कारोबार स्थिर जस्तै छ।
गत वर्ष चैतमा देशभर ५० हजार दुई सय ५२ संख्यामा घरजग्गा कारोबार भएको थियो। उक्त कारोबार बापत सरकारलाई तीन अर्ब ९४ करोड रूपैयाँ राजस्व प्राप्त भएको थियो।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ।
त्यसमध्ये सबैभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।