नेपाल फलामे छड उत्पादक संघले उद्योगीहरूलाई किलोमा चार रूपैयाँ घटाएर छड बिक्री गर्न आग्रह गरेको छ।
बजारमा छडको मूल्य बढेसँगै संघले घटाएर बेच्न आग्रह गरेको हो।
संघले एक विज्ञप्ती जारी गर्दै स्पञ्ज आइरनमा भंसार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तशुल्क नलाग्ने भएपछि मूल्य घटाउन भनेको छ।
सरकारको व्यवस्थाले नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी चार रूपैयाँले घट्न जाने विज्ञप्तीमा उल्लेख छ।
‘बजेट पछिका तीन हप्तामा अन्तर्राष्ट्रिय बजारमा फलामे छडको कच्चापदार्थ विलेट तथा विलेटको कच्चापदार्थ स्पञ्ज आइरनमा १२ प्रतिशत भन्दा बढीले मूल्यवृद्धि भएको छ। सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रतिकेजी चार रूपैयाँ घटाई फलामे छड बिक्री वितरण गर्नुहुन सम्पूर्ण उद्योगीहरुलाई अनुरोध गर्दछौं,’ संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ।