सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ।
उद्योगले सिमेन्टको मूल्य प्रतिबोरा ४५ रूपैयाँ २० पैसाले घटाएको हो।
उद्योगका विक्री तथा बजार प्रमुख श्याम नारायण चौरासियाका अनुसार ओपिसी सिमेन्टको मूल्य पहिले प्रतिबोरा ७ सय ४७ रुपैयाँ ९३ पैसा कायम थियो। हाल घटाएर प्रतिबोरा ७ सय एक रूपैयाँ ७३ पैसामा बिक्री भइरहेको छ।
सिमेन्टको मूल्य असोज १ गतेदेखि घटाउने निर्णय गरिएको थियो।
मूल्य कायम भने असोज ३ देखि गरिएको चौरासियाले जानकारी दिए।
निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्टको मूल्य घटाइएको कम्पनीले बताएको छ।
निजी क्षेत्रबाट सञ्चालित हेटौंडाका अन्य सिमेन्ट उद्योगले पनि सिमेन्टको बिक्री मूल्य कम गरेका छन्।