प्रतिस्पर्धात्मक बन्दै गएको नेपाली सिमेन्ट बजारका गुणस्तरीय उत्पादनका साथ शौर्य सिमेन्टले आफ्नो प्रस्तुति जनाउँदै बजारमा उत्पादन र बिक्री वितरण शुरु गरेको छ।
सिराहा जिल्लाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्ट इण्डष्ट्रिज ओपिसि, पिपिसि, पिएससि र लो अल्कली ४३ र ५३ ग्रेडको गरेर जम्मा चार थरिका गुणस्तरीय सिमेन्टहरु उत्पादन गरिरहेको छ।
जसमध्ये लो अल्कली सिमेन्ट उत्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो कम्पनी भएको दावी छ। सिमेन्टले यसले दैनिक ७ हजार बोरा सहित ३५ सय मेट्रिकटन उत्पादनको क्षमता राखेको छ।
यस सिमेन्ट इण्डष्ट्रिजको बजार देशका प्रमुख शहरहरुसम्म पुगिसकेको कम्पनीले बताएको छ।