३६ एमएम समुहमा नेपाल गुणस्तर प्रमाण पाउन सफल प्रिमियर स्टिल पहिलो नेपाली कम्पनी भएको छ।
३६ एमएमको छड ठूला परियोजनाहरु जस्तैः हाइड्रोपावर, पुल तथा ड्यामहरुको निर्माणमा प्रयोग गरिन्छ। यसअघि यो साइजको छड भारतबाट वा अन्य मुलुकहरुबाट आयात गर्ने गरिन्थ्यो। यसले गर्दा निर्माण कार्यलाई आपूर्तिमा ढिलाइ हुने गरेको थियो।
अब नेपाल गुणस्तर प्रमाण प्राप्त प्रिमियर स्टिलको उत्पादनसँगै आयात गर्नु पर्ने अवस्था नरहेको कम्पनीले जानकारी दिएको छ।
यस कम्पनीको दैनिक आठ सय मेट्रिक टन उत्पादन क्षमता छ। कम्पनीले ८ एमएमदेखि ४० एमएमसम्मका छडहरु उत्पादन गर्दै आएको छ।