चोकोफन उत्पादन गर्दै आएको सुजल फूड्स प्रालिले बाल संरक्षण गृह सिफलमा बाल बाटिका संचालनमा ल्याएको छ।
यस कम्पनीको बाल संरक्षण गृहमा आश्रित बाल–बालिकाहरुलाई यो बालबाटिकाबाट खुशी र मुस्कान बाँड्ने जमर्को गरिएको कम्पनीको भनाइ छ।
बाल संरक्षण गृह हाताभित्र सुन्दर ढङ्गले बाटिका निर्माण गरिएको छ। बालबालिकालाई खेल्नका लागि चिप्लेटी, ढिकी–च्याउ र पिङ जडान गरिएको छ। त्यस्तै मैदानसँगै जोडिएको पर्खालमा बाल–बालिकाहरु खेलमैदानमा रमाइरहेका आकर्षक चित्र पेन्ट गरिएको छ।
चोकोफन बाल–बालिकाहरुमाभ लोकप्रिय भएकाले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व बाल–बालिकाहरुको विकासप्रति केन्द्रित रहेको सुजल फूड्सले जनाएको छ।
सुजल फूड्सको उत्पादन चोकोफनले वर्षौ देखि धेरैको मन जित्दै आएको छ। यसलाई सन् १९९९ मा पहिलो पटक बजारमा ल्याइएको हो। यो कम्पनी लक्ष्मी ग्रुप अन्तर्गतको भातृ संस्था हो।
कम्पनीले वेफर, टफी, बबलगम तथा स्टिक गम उत्पादन गर्दै आएको छ। कम्पनीको स्वामित्वमा रहेको प्रतिष्ठित ब्राण्डहरुः चोकोफन, क्रेभ, रसिलो कयान्डी, फ्रेसो, क्यान्डीम्यानले धेरैको मन जित्दै आएको छ।