कोकाकोला नेपालले ‘मन खोलौं कोकसँग’ प्रबद्र्धनात्मक अभियान मार्फत ११ हजारभन्दा बढी बिजेताहरुको नाम घोषणा गरेको छ।
अभियानमा उपहारका रुपमा टिभीएस स्ट्राइकर १२५ सिसी, एलजी एलईडी टिभीहरुका साथै मोबाइल रिचार्ज कार्डहरु राखिएका छन्। उपभोक्ताबीच स्वच्छ प्रतिस्पर्धा र अतिरिक्त खुशी थप्ने उद्देश्यले चाडपर्वको अवसरमा थालिएको यस प्रवद्र्धनात्मक अभियानमा आजसम्म करिब साढे २ लाख एसएमएस प्राप्त भएको कम्पनीले जनाएको छ।
२८ दिनको अवधिमा कोकाकोलाले २८ जना टिभिएस स्ट्राइकर १२५ सीसी बाइक जित्न सफल विजेताहरु घोषणा गरेको छ। अरु ११२ जना विजेताले एलजी एलईडी टिभी र ११ हजार २०० विजेताले रिचार्ज कार्डहरु जित्न सफल भएका छन्।
कोकाकोलाका अनुसार अभियान असोज ३० गतेसम्म संचालन हुनेछ। साथीभाइ र परिवारका साथमा कोका–कोला उत्पादनहरुको रिफ्रेसिङ तथा रमाईलो स्वाद बाहेक उत्सवमय मौसममा अझै धेरै उपहारहरु जित्ने अवसर रहेको कोकाकोलाले जनाएको छ। साथै अतिरिक्त ४०० मोबाइल रिचार्ज प्रत्येक दिन उपभोक्ताहरुले जित्ने बताइएको छ।
यो अभियानमा सहभागी हुनका लागि लेबलको मुनि भएको १० अंकको यूनिक कोड हेरेर ३७७२२ मा बिहान ११ बजेदेखि बेलुकी ७ बजे भित्र एसएमएस गर्नुपर्नेछ। सो एसएमएसलाई त्यही दिनको लक्की ड्रमा समावेश गरिनेछ। पुरस्कार प्राप्त गर्नका लागि सक्कली लेबलका साथमा बिजेता भएको यूनिक कोड अनिवार्य राख्नुपर्नेछ।
कोका–कोला, फान्टा र स्प्राइटको ५०० मिली लिटर, १.५ लिटर र २.२५ लिटरको प्याकका साथमा उपहारहरु जित्ने अवसर लागू हुने छ।