आर्थिक वर्षको पहिलो महिना नै वैदेशिक व्यापारको स्थिति चिन्ताजनक देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार साउन महिनामा निर्यात गत आवको समिक्षा अवधिको तुलनामा ३. ९ प्रतिशतले घटेको छ भने आयात ९. ३ प्रतिशतले बढेको छ।
जवकि गत आवको पहिलो महिनामा निर्यात ७. ७ प्रतिशतले बढेको थियो भने आयात १३ प्रतिशतले बढेको थियो। साउनमा कुल ६ अर्ब ६८ करोडको निर्यात भएको छ भने ७७ अर्ब २८ करोड रुपैयाँको आयात भएको छ।
एक महिनाकै अवधिमा ७० अर्ब ६० करोड व्यापार घाटा देखिएको छ।