मोबाइल बजारको रुपमा परिचित 'पाको मोबाइल बजार'ले यूथ क्लबको सहकार्यमा दसैँ तिहार र छठको अवसर पारेर प्रबद्र्धनात्मक योजना ल्याएको छ।
काठमाडौंको मुटुमा रहेको पाको मोबाइल बजारले ‘होस गर्नुस् कम्प्लेक्समा, पाको बजारमा मोबाइल किन्दा छैन चिन्ता’ योजनाअन्तर्गत दसैँ तिहार र छठको अवधिभर मोबाइल खरिद गर्ने ग्राहकहरुलाई बम्पर पुरस्कारमा चारवटा मोटर बाईक दिने छ।
बजारले मोबाइल खरिद गर्ने ग्राहकहरुलाई लक्की ड्रको माध्यमबाट अपाचे आरटिआर १६० बाईक एउटा, टिभिएस स्ट्राइकर बाईक दुईवटा र वेगो स्कूटर एउटा बम्पर पुरस्कारमा दिने छ।
त्यसैगरि मोबाइल खरिद गर्ने ग्राहकहरुलाई ३ वटा माउन्टेन बाईक र एक÷एक वटा टिभी तथा रेफ्रिजेरेटर पुरस्कारमा दिनेछ।
यतिमात्र नभई ग्राहकहरुलाई विभिन्न ब्राण्डका १० वटा उत्कृष्ट स्मार्टफोनहरु पनि लक्की ड्रको माध्यमबाट पुरस्कार स्वरुप प्रदान गरिने आयोजकले जनाएको छ।
असोज ४ गते बुधवारदेखि सुरु हुने यो योजना छठसम्म संचालन हुने र यस अवधिभर हरेक मोबाइलको खरिदमा ५ देखि ५० प्रतिशतसम्मको नगद छुट समेत दिइने बताइएको छ।
पाको मोबाइल बजारमा न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइल फोनहरु खरिद गर्न सकिन्छ।