राजधानीको भृकुटीमण्डपमा चलेको ‘दसैँको बेला सस्तो मेला’मा करिब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
६ दिनसम्म भएको मेलामा २ करोड ९० लाख भन्दा बढीको कारोबार भएको र ५० हजार भन्दा धेरैले मेलाको अवलोकन गरेको इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले बताए।
दसैँको बेला सस्तो मेला स्लोगन दिइएको यो मेलालाई इभेन्ट सोलुसनले आयोजना गरेको हो। स्टक क्लियरेन्स मेलामा दसैँका लागि आवस्यक सामाग्रीहरु कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फ्रुट्स, कस्मेटिक, फुड प्रडक्ट र होम अपलायन्सको कारोबार भएको थियो।
मेलामा उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट सर्वसाधारण आएका थिए। संयोजक जोशीले मेला अपेक्षित रुपमा सफल भएको बताउँदै आगामी बर्ष पनि निरन्तरता दिइने बताए।