युरोपियन ब्राण्ड इलेक्ट्रोलक्सले महानपर्व दसैँ, तिहार र छठलाई लक्षित गर्दैै पक्का उपहार योजना ल्याएको छ।
यस योजनाअन्तर्गत ग्राहकले इलेक्ट्रोलक्सका फ्रिज, वासिङ मेसिन, डिस वासर, चुल्हो, चिम्नी र एयर कन्डिसनरकोे हरेक खरिदमा २१ हजार ९०० देखि १ हजार ७९० रुपैयाँसम्मका विभिन्न इलेक्ट्रोनिक सामानहरु पक्का उपहारका रुपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
यो योजना भदौ २१ गते बाट सुरु भई छठपर्व सम्म मात्र सीमित रहने कम्पनीको भनाइ छ।