कृषि विकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा एडभान्स लेभलको कटफ्लावर रिटेल सप म्यानेजमेन्ट तालिम राजधानीमा सुरु भएको छ।
नेदरल्याण्डका पम एक्सपर्ट जानकीले प्रशिक्षण दिने ७ दिने तालिममा कार सजावट, फूलको गुच्छा, टेबल सजावट, पसल सजावट, पार्टी प्यालेस सजावट, पसलमा प्लान्ट र पुष्प सजावट गर्ने तरिकाहरु सिकाइने छ।
तालिम आजदेखि होटल क्राउन प्लाजामा सुरु भएको छ। तालिमकै अवधिमा खुद्रा पसलको अवलोकन, कट फ्लावर लामो समय टिकाउ बनाउने तरिका, बिभिन्न कार्यक्रमहरुमा गरिने पुष्प सजावटको तरिकाहरु पनि सिकाइने फ्लोरिकल्चर एशोसिएशन तालिम संयोजक बिश्वमणि पोखरेलले जानकारी दिए।
कट फ्लावर सप एरेन्जमेन्ट तालिमका प्रमुख अतिथी नेपाल सरकार कृषि बिकास मन्त्रालयका सहसचिब शुरेश बाबु तिवारीले उत्पादनको अन्तिम ढोका खुद्रा पसल भएकोले खुद्रा पसलको ब्यबस्थापन तालिम सबै ब्यबशायीका लागि महत्वपूर्ण हुने बताए।
फ्यान अध्यक्ष कुमार कसजु श्रेष्ठले फ्लोरिकल्चर उद्योगको विकास र विस्तारका लागि सरकार र निजी क्षेत्रसँगै अगाडि बढ्नुपर्ने बिचार ब्यक्त गरे।