यतिबेला फलफूल बजारमा वर्चस्व रहेको भारतीय आँप महँगिन थालेको छ। नेपाली आँपको सिजन सुरु हुँदै गर्दा भारतीय आँपको भने सिजन सकिने भएकाले महँगिन थालेको कालिमाटीका फलफूल व्यापारीहरु बताउँछन्।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कले पनि आँपको मूल्य बढ्दै गएको देखाउँछ। ठिक एक महिनाअघि प्रतिकेजी १०५ रुपैयाँ खुद्रा मूल्य रहेको आँप आज १३० देखि १३५ रुपैयाँसम्म कारोबार भएको समितिले जनाएको छ। केही दिनयता आँपको मूल्य बढेको कालिमाटीका फलफूल व्यापारीहरु बताउँछन्।
फलफूल व्यापारी पिताम्वर सापकोटाका अनुसार अब भारतीय आँप सस्तो नहुने र विस्तारै महँगिने छ। ‘भारतीय आँपको सिजन अव सकिँदै गएकाले मूल्य केही महँगो पर्छ, तर खानका लागि अहिलेको आँप पहिलेको भन्दा गुलियो र स्वादिलो हुन्छ’ उनले भने।
नेपाली आँप बजारमा पर्याप्त आउन नसकेकाले पनि मूल्य नघट्ने उनको दावी छ। ‘नेपाली आँपको पनि बजारमा भाउ उस्तै पर्छ, तै पनि पर्याप्त आएको छैन, त्यसकारण यो सिजनका लागि आँप अब सस्तो हुँदैन’ उनले भने।
कालिमाटी फलफूल बजार विकास समितिका अनुसार शनिबार फलफूलको खुद्रा मूल्य यस्तो छ।
फलफूल (प्रतिकेजी) |
न्यूनतम खुद्रा मूल्य (रुपैयाँमा) |
अधिकतम खुद्रा मूल्य (रुपैयाँमा) |
औसत खुद्रा मूल्य (रुपैयाँमा) |
स्याउ |
११० |
११० |
११० |
केरा |
९० |
१०० |
९५ |
कागती (१ सय गोटा) |
५०० |
५५० |
५२५ |
अनार |
१९० |
२०० |
१९५ |
आँप |
१२० |
१३० |
१२५ |
तरबुजा |
५५ |
६० |
५८ |
मौसम |
११० |
१२० |
११५ |
काक्रो |
५० |
५५ |
५२ |
रुख कटहर |
२० |
२५ |
२३ |
नासपाती |
३५ |
४० |
३८ |
मेवा |
६० |
७० |
६५ |
भुई कटहर प्रतिगोटा |
११० |
१२० |
११५ |
यी फलफूलमा जातअनुसार मूल्य फरक पर्न सक्नेछ। स्रोतः कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति