सामान्यतय मानिसको जिवनमा सबैभन्दा धेरै लगानी लाग्ने क्षेत्रको रुपमा घरलाई लिइन्छ। जिन्दगी भर कमाएको पैसाले एउटा घर बनाउँ भन्ने सपना धेरैको हुन्छ। शिक्षा, स्वास्थ्य, रोजगारी आदिको लागि मानिसहरु पहाडबाट तराई, गाँउबाट सहर बसाई सराई गर्ने क्रम बढ्दो छ। देशको राजधानी काठमाडौं बसाई सर्न चाहानेको संख्या त यसै ठूलो त्यो सँगै राजधानीसँग जोडिएको ललितपुर बसाई सर्न चाहानेको जमात पनि कम छैन।
शिक्षा, स्वास्थ्य, रोजगारीकै मामिलामा काठमाडौंभन्दा कम नभएको ललितपुरमा एउटा महानगरपालिका, २ वटा नगरपालिका र ३ वटा गाँउपालिका छन्।
हावा–पानी एउटै, सुविधा एउटै, राजधानीसँग जोडिएको आदि कारणले पनि ललितपुर बसाई सर्नेको संख्या बढेको ललितपुर इमाडोलका घर जग्गा ब्यवसायी दिपक तिमल्सिना बताउछन्।
‘यहाँ विभिन्न देशको कुटनीतिक नियोग, दूतावास, सुविधासम्पन्न खेल मैदान, मनोरञ्जनस्थल लगायतको ठाँउहरुको समेत कमी छैन त्यही भएर पनि ललितपुरमा घर तथा जग्गाको कारोबार बढेको होला’, तिमल्सिनाले सेतोपाटीसँग भने।
ललितपुरमा सस्तोदेखि निकै महंगोसम्म जग्गा उपलब्ध छन्। ललितपुरको मुख्य बजार र भित्री क्षेत्रको जग्गाको भाउमा आकाश जमिनको फरक छ।
काठमाडौंमा जग्गाको अभाव, महंगो जग्गा, अत्याधिक भिड आदिको कारण पछिल्लो समय धेरै जना ललितपुरमा जग्गा किन्न आकर्शित छन्।
सेवा सुविधाको हिसावले राजधानी काठमाडौ भन्दा कम नभएको ललितपुरमा जग्गाको भाउँ पनि काठमाडौ भन्दा कम छैन। यँहा सस्तो देखि महंगोसम्म जग्गा पाइन्छ।
ऐतिहासिक सहर पाटनसमेत रहेको ललितपुर र काठमाडौ जोडिएर रहेका छन्।
काठमाडौंबाट ललितपुर र ललितपुरबाट काठमाडौ दैनिक हजारौको संख्यामा ओहोर दोहोर गर्छन्। ललितपुरमा बसेर काठमाडौंमा काम गर्न जाने र काठमाडौंमा बसेर ललितपुरमा काम गर्ने हरुको जमात पनि ठूलै छ।
नक्साले जिल्ला छुट्याए पनि ललितपुर काठमाडौंभन्दा कुनै कुरामा कम छैन। अस्पताल, मनोरञ्जनस्थल, विभिन्न देशको कुटुनीतिक नियोग आदिको कमी नभएको ललितपुरमा स्वास्थ्य, शिक्षा रोजगारीको पनि उत्तिकै सम्भावना छ।
ऐतिहासिक कलाको लागि प्रख्यात ललितपुर विकास भएसँगै यहाँ व्यापार गर्न चाहनेको संख्या पनि उत्तिकै छ।
यस्ता छन् ललितपुरका महंगा जग्गासानेपा–झम्सिखेल क्षेत्रसानेपा–झम्सिखेल क्षेत्र ललितपुरको महंगो जग्गा मध्यमा गनिन्छ। कतिपयले त यसलाई भिआईपी एरिया पनि भन्ने गर्छन्। बिदेशी कुटनीतिक नियोगका कर्मचारीहरुको अधिक बसोबास रहेको क्षेत्रमा होटल, रेष्टुरेन्ट, स्पा, आदिको कमी छैन। यो क्षेत्रमा जग्गाको आनाको ३० लाख देखि ४० लाखसम्म पर्ने घर जग्गा व्यवसायी दीपक तिमल्सिनाले जानकारी दिए।
हात्तिवन क्षेत्रहात्तिवन क्षेत्रमा घर निमार्ण कार्यले तिब्र गती लिएको छ। पानीको सुविधा, स्वस्छ हावा, शान्त वातावरणको कारण यहाँ बसोबास गर्नेको संख्या दिन प्रतिदिन बढ्दो छ। यो क्षेत्रमा जग्गाको आनाको १५ देखि ३५ लाखसम्म पर्ने ब्यवसायीले जानकारी दिए।
इमाडोलबसोबासको लागि इमाडोल निकै लोकप्रिय छ। हाउजिङ कम्पनीको आर्कशणमा रहेको यस क्षेत्र बसोवासको लागि निकै उपयुक्त मानिन्छ। यहाँको जग्गा प्रति आना १५ देखि ३५ लाखसम्म पर्ने जानकारहरु बताउँछन्।
नखिपोटविशेषतः लाहुरेहरु बसोवास गर्ने क्षेत्रको रुपमा परिचित यो क्षेत्रमा पछिल्लो समय द्रूत रूपमा जग्गाको कारोबार भइरहेको छ। यहाँ जग्गाको आनाको १५ लाखदेखि २५ लाखसम्म पर्ने जग्गा व्यवसायीहरूले जानकारी दिए।