कमोडिटिज फ्युचर एक्सचेन्ज (सिएफएक्स) पुनः संचालनमा आउने भएको छ।
व्यवस्थापिका संसद्बाट हालै वस्तु विनिमय बजार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन पारित भएपछि नेपालको कमोडिटिज र डेरिभेटिव बजार व्यवस्थित र विस्तार हुने अपेक्षा गर्दै कम्पनी पुनः संचालनमा ल्याउन लागिएको सिएफएक्सका प्रवन्ध निर्देशक सरोजसरण साहले जानकारी दिए।
ऐनमा भएको व्यवस्था अनुसार कम्पनी संचालनमा ल्याइने उनले बताए। ‘कम्पनीको स्वामित्व र व्यवस्थापन परिवर्तन भएर संचालनमा आउन लागेको छ’, साहले भने, ‘ऐन पारित भएको हुँदा उत्साहका साथ कम्पनीले कमोडिटिज र डेरिभेटिवको नयाँ क्षेत्र पहिल्याउन पहल गर्ने छ।’