नेपाल उद्योग वाणिज्य महासंघले मर्यादित र उच्च मनोबलका साथ व्यवसाय गर्न सक्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ।
अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको टोलीले बिहीबार गृहमन्त्री ओम प्रकाश आर्यालसँग भेट गर्दै शान्ति–सुरक्षामा ठोस कदम चाल्न माग गरेको हुन्। आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र निजी क्षेत्रमाथि आक्रमणमा संलग्नहरूमाथि कारबाही गर्न पनि महासंघले आग्रह गरेको छ।
देशको राजश्वमा योगदान दिनुका साथै रोजगारी दिइरहेको निजी क्षेत्रलाई मर्यादित रुपमा काम गर्न सक्ने वातावरण सिर्जनाका लागि सरकारले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने अध्यक्ष ढकालले जानकारी दिए।
उनका अनुसार अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ भने ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिइरहेको छ।
गृहमन्त्री आर्यालले आम नागरिक र व्यवसायीहरूको सुरक्षामा सरकार संवेदनशील रहेको आश्वासन दिएका छन्।