नेपाली बजारमा भारतको नं. १ टायल कम्पनी कजारियाले प्रिमियम उत्पादन एचडी पोलिस्ड टायल (६०*१२० से.मी.) सार्वजनिक गरेको छ।
कजारियामा मात्र उपलब्ध यो विशेष टायलले सौन्दर्य, मजबुती र अत्याधुनिक प्रविधिलाई एकसाथ जोड्दै देशमा लक्जरी फ्लोरिङको नयाँ पहिचान बनाएको छ।
विश्वस्तरीय मापदण्ड अनुसार नवीनतम प्रविधिद्वारा निर्मित, एचडी पोलिस्ड टायल विशेषगरी भित्री सतहका लागि डिजाइन गरिएको हो।
ऐना जस्तै चम्किलो, उच्च गुणस्तरीय प्रिन्ट र सुपर–स्मुथ फिनिश रहेको यस टायलले जुनसुकै ठाउँलाई अझ आकर्षक र भव्य बनाउँछ।
अत्यन्त टिकाउ, घिसावट प्रतिरोधी, न्यून पानी सोस्ने क्षमता भएको यो टाइल ५ तारे होटल, लक्जरी मल, उच्चस्तरीय सोरूम तथा अन्य प्रिमियम इनडोर स्पेसहरूको लागि उत्कृष्ट रोजाइ हो।
'यो केबल टायल होइन, विलासिताको अनुभव हो। नेपालमा यस्ता उच्च गुणस्तरको उत्पादन पहिलो पटक ल्याउन पाउँदा हामी गर्व गर्छौं। यो टायल सहरी क्षेत्रमा पहिले नै लोकप्रिय बनिसकेको छ र अब हामी नेपालका आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूलाई यस टायल मार्फत गुणस्तरमा नयाँ मापदण्ड प्रदान गर्न उत्साहित छौं।' कजारिया रामेश टाइल्सका निर्देशक हिमांशु अग्रवालले भने।
६०*१२० से.मीको एचडी पोलिस्ड टायल सधैं उत्कृष्टता खोज्नेहरूका लागि बनाइएको टायल हो।
उचित हेरचाहसाथ दशकौँसम्म टिक्ने गरी निर्माण गरिएको यो टायलले केवल ठाउँको सौन्दर्य बढाउने मात्र होइन, सफाइ र मर्मतमा पनि सजिलो बनाउँछ।
प्रिमियम प्रिन्ट र चम्किलो फिनिशसहित प्रत्येक टायलले भुइँलाई अझ आकर्षक र सुन्दर देखिने बनाउँछ।
५ स्टार होटल, लक्जरी अपार्टमेन्ट, मल र अन्य व्यवसायिक स्थानहरूबाट बढ्दो मागसँगै, कजारियाको एचडी पोलिस्ड टायल नेपालमा प्रिमियम फ्लोरिङका लागि पहिलो रोजाइ बन्न थालेको छ।
यसले कम्पनीलाई नेपाली टायल उद्योगमा विश्वस्तरीय उत्पादनहरूसहित अग्रणी स्थानमा राख्न कजारियाको गुणस्तर, नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको निरन्तर प्रतिबद्धतालाई झल्काउने बताइएको छ।
कजारिया रामेश टाइल्सले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ।
विश्वस्तरीय मापदण्ड अनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्सले आधुनिक सजावटका बदलिँदो रुचिलाई ध्यानमा राख्दै ३ हजारभन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गरेको छ।