कोदाली भेन्चर्स प्रा. लि. नेपाली महिलाहरूको नेतृत्वमा सञ्चालित कम्पनीले नेपाली बजारमा स्वास्थ्यबर्द्धक र प्राकृतिक खाद्य उत्पादनहरू बजारमा ल्याएको छ।
यसले नेपाली किसानहरूले पारम्परिक रूपमा खेती गर्ने कोदो, फापर, चिनो, कागुनो, मुङ दाल, भटमास जस्ता रैथाने अन्नहरूमा आधारित उत्पादनहरू विकास गरेको बताएको छ।
यी उत्पादनहरूमा कुनै रसायनिक प्रशोधन वा संरक्षक प्रयोग नगरिएकाले यी मानव स्वास्थ्यका लागि लाभदायक हुने कम्पनीको भनाइ छ।
यस्ता छन् कोदाली भेन्चर्सका उत्पादनहरू:
फापर फ्लेक्स: यो टुसा उमारेको फापरबाट बनेको सुपरफुड हो जसले सुगर लेभल नियन्त्रण गर्न मद्दत गर्छ। यो कम प्रसोधित खाद्य पदार्थ हो र पौष्टिक आहार चाहनेहरूका लागि उपयुक्त छ।
भिगन प्रो: यो टुसा उमारिएको मुङ, तिल र जडीबुटीहरूबाट बनेको २५ प्रतिशत प्रोटिन युक्त पिठो हो। यसलाई बारा, सुप वा आँटाको पिठोमा मिसाएर सुख्खा रोटी बनाउन सकिन्छ। यो स्वास्थ्य जीवनशैली चाहने परिवारका लागि प्रोटिनको उत्तम स्रोत हो।
माई च्वाइस: यो टुसा उमारिएको कोदो, फापर, सूर्यमुखी, कोका र गुडबाट बनेको स्वास्थ्य पेय पदार्थ हो। यसले बच्चाहरूलाई रैथाने खाद्यवस्तु खाने बानी बसाउन मद्दत गर्छ र उनीहरूको पौष्टिक आवश्यकताको पूर्ति गर्छ।
प्यानकेक (गिलो रोटी): यो अंकुरित अन्नहरू जस्तै जौ, फापर, कागुनो, आलस र गुडबाट बनेको पीठो हो। यो रसायन रहित उत्पादन हो र ओमेगा–३ जस्ता पोषक तत्वले भरपूर छ, जुन स्वस्थ मुटु र मस्तिष्कका लागि आवश्यक छ।
कोदाली भेन्चर्सले आफ्ना उत्पादनहरूमा कुनै रसायन प्रयोग नगरी, प्राकृतिक विधिबाट उत्पादन गर्छ।
यसले नेपाली उपभोक्ताहरूलाई स्वास्थ्य जीवनशैली अपनाउन प्रेरित गर्ने लक्ष्य राखेको छ।
साथै, यसले नेपाली उत्पादनहरूमा नै अधिकतम पौष्टिक तत्व हुने गरी उत्पादन गरेकाले यसले नेपाली खाद्य संस्कृतिलाई पनि बढावा दिइरहेको छ।
भविष्यमा कोदाली भेन्चर्सले विश्व बजारमा नेपाली पहिचान सहित आफ्ना उत्पादनहरू विस्तार गर्ने योजना बनाएको छ।
यसले नेपाली महिलाहरूको उद्यमशीलता र नेतृत्वलाई पनि प्रोत्साहन दिइरहेको छ।