सामसङ नेपालले नयाँ बिस्पोक एआई ९ केजी फ्रन्ट–लोड वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ।
ठूला–लोडहरूको लागि पूर्ण रूपमा उपयुक्त रहेको ९ केजी बिस्पोक फ्रन्ट–लोड वासिङ मेसिनले उपभोक्ताहरूलाई सजिलै दैनिक लुगा धुन, समय बचत गर्न मद्दत गर्ने कम्पनीले बताएको छ।
सुपर स्पिड टेक्नोलोजी जडित यो मेसिनले वास साइकललाई ३९ मिनेटसम्ममा पूरा गर्दछ र हाइजिन स्टिमले ९९.९ प्रतिशत ब्याक्टेरिया र एलर्जीहरू हटाउँछ।
यसमा लुगा धुने प्रक्रियालाई अझ प्रभावकारी बनाउन र ऊर्जा खपतलाई ७० प्रतिशतसम्म घटाउनको लागि एआई एनर्जी मोड पनि समावेश छ।
डिजिटल इन्भर्टर टेक्नोलोजी (डिआइटी) ले यी वासिङ मेसिनहरूमा २० वर्षको वारेन्टी र अत्यधिक स्थायित्वका साथ शान्त, ऊर्जा–दक्ष कार्यसम्पादन सुनिश्चित गर्दछ।
यो वासिङ मेसिन दुई मोडलमा उपलब्ध रहेको कम्पनीको भनाइ छ।
सामसङको नयाँ ९ केजी फ्रन्ट–लोड वासिङ मेसिनहरूको मूल्य एक लाख एक हजार ९९० रूपैयाँबाट सुरू हुन्छ।
प्रिमियम लन्ड्री सलुसनहरू पहुँच भित्र ल्याउँदै सामसङले २० प्रतिशतसम्म क्यासब्याकको साथ स्पेसल अफर उपलब्ध गराएको बताएको छ।
शून्य प्रतिशत ब्याज इएमआई अफर रहेको सामसङ इन्स्टा फाइनान्स मार्फत यो वासिङ मेसिन खरिद गर्न सकिने छ।
लुगा धुने अनुभवलाई अपग्रेड गर्न खोज्ने उपभोक्ताहरूको लागि यस बिस्पोक एआई वासिङ मेसिन दायरामा सजिलोसँग अपग्रेड गर्न एक्सचेन्ज अफरहरू पनि उपलब्ध छ।
यो नयाँ ९ केजी वासिङ मेसिनमा एक्सचेन्ज गरी अपग्रेड गर्ने उपभोक्ताहरूले एक्सचेन्ज पार्टनर मार्फत तीन हजारसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्छन्।
यो अफर आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स र आधिकारिक रिसेलर त्रिवेणी व्यापारद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको छ।