स्वदेशी जुत्ता उद्योग गोल्डटारले भारतीय गुणस्तार चिन्ह (बिआइएस) प्रमाण पत्र पाएको छ।
उक्त कम्पनीले एक महिना अघि बिआइएस प्रमाण पत्र पाएको हो।
बिआइएस प्रमाण पत्र पाएसँगै भारतीय बजारमा गोल्डस्टारको निर्यात सुरू भएको कम्पनीकी सञ्चालक विदुषी राणाले जानकारी दिइन्।
'प्रमाण पत्र नभएर पाँच महिनासम्म निर्यात रोकिएको थियो। अहिले सुरू भएको छ,' उनले भनिन्।
उनका अनुसार भारतीय सरकारले चार/पाँच महिना अघिदेखि जुत्ता निर्यातमा बिआइएस प्रमाणपत्र अनिवार्य गरेको थियो।
'प्रमाणपत्र लिन पाँच महिना लाग्यो,' उनले भनिन्।
बिआइएस पाएसँगै अब निर्यात गर्न सजिलो हुने उनको भनाइ छ।
उनका अनुसार गोल्डस्टारका ४० प्रतिशत उत्पादन भारत निर्यात हुँदै आएको छ।