जस्मिन पेन्ट्सको ब्रान्ड एम्बेस्डरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का नियुक्त भएका छन्।
स्वदेशी उत्पादनहरूलाई थप ससक्त र बजारीकरण गर्नका लागि व्यापार प्रवर्द्धन महत्वपूर्ण रहेको वर्तमान अवस्थामा यस कम्पनीले आफ्नो उत्पादनहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले खड्कालाई ब्रान्ड एम्बेस्डरको रूपमा नियुक्त गरेको हो।
पछिल्लो समय नेपाली खेल क्षेत्रको विकास र युवाहरूको चाहना र भावनालाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अवस्थामा खेल र खेलाडीहरूलाई पनि थप प्रोत्साहन गर्ने उद्देश्यले खड्कासँग सहकार्यका लागि हात अगाडि बढाएको कम्पनीको भनाइ छ।
खड्कासँग गरिएको यस सहकार्यले नेपाली खेलकुदका साथ–साथै कम्पनीका उत्पादनहरूलाई प्रवर्द्धन गर्न र बजार विस्तारका निमित्त थप टेवा पुग्ने अपेक्षा कम्पनीको छ।
यस सहकार्यले कम्पनीका उत्पादनहरू स्वदेशी रूपमा मात्र परिचित नभई अन्तर्राष्ट्रिय स्तरमा नै परिचित हुने कम्पनीको विस्वास छ।
विगत ३१ वर्षदेखि निरन्तर नेपाली ग्राहकहरूको सेवामा समर्पित यस जस्मिन पेन्ट्स “नेपाली मनको नेपाली रङ्ग’’ स्लोगन बोकेर नेपाल रंगाउदै आएको छ।