कोकाकोला नेपालले लेमोन र लाइम स्वादका आफ्ना उत्पादन ‘स्प्राईट’को समर क्याम्पेन सार्वजनिक गरेको छ।
कम्पनीले यो क्याम्पेनको प्रचार प्रसारमा ‘ज्ञान बिलायो, रिफ्रेस बनायो’ नामक योजना संचालनमा ल्याएको छ।
यस नयाँ स्प्राइटको टिभिसी एक सरप्राइजकको रुपमा आएको कम्पनीले बताएको छ। जहाँ गर्मी मौसममा रुखमा झुण्डिरहेको चिसो स्प्राइट एक युवा पिउन तयार हुन्छ। उ चिसो पिउन तयार भएकै बेला एक बुजु्रगले उसलाई चिसो पिउन रोक्छ। र उसले युवालाई कहानी बताउँन सुरु गर्छ। बुज्रुग कहानी भन्दै जान्छ र त्यति नै बेला युवाले चिसो पिउन सुरु गर्छ। बुजुर्गले ब्यबसायीक कहानी भनिरहेको हुन्छ भने युवाले स्प्राइटको अन्तिम घुट्को लिइरहेको हुन्छ। जब कहानी पुरा हुन्छ युवाले स्पाईटको बोतल खालि गरेर क्या दामी कथा थियो भन्दै हिड्छ।
यो टिभी कर्मशियलको ब्यागराउन्डमा ‘ज्ञान बिलायो, रिफ्रेस बनायो’ आइरहेको हुन्छ। यो कर्मशियलले मानिसलाई स्प्राईट पिउन प्रतिक्षा गराईरहेको दर्साउँछ। यस्तो गर्मीमा चिसो, क्लियर साथै लोमोन र लाईम स्वादको स्प्रईटले तानी रहेको हुन्छ भन्ने संदेश दिएको कम्पनीले जनाएको छ।