दक्षिण एसियाली मुलुकका व्यवसायी, नीति निर्माता र थिंक ट्यांकहरु काठमाडौंमा भेला भइरहेका छन्। दक्षिण एसियाली सहयोग संगठन(सार्क)को एपेक्स बडी सार्क चेम्बर अफ कमर्सले आयोजना गरेको ‘सार्क विजनेश लिडर्स कनक्लेभ’ मा आएका उनीहरुले राजनीति देखि आर्थिक विषयमा छलफल गरिरहेका छन्।
शुक्रबार प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको उक्त कार्यक्रममा आज र भोली पनि विभिन्न विषयमा प्यानल छलफल भइरहेको छ।
प्राकृतिक स्रोत साधानले सम्पन्न सार्क क्षेत्रमामा पर्याप्त लगानी र व्यापारको सम्भावना रहेको र त्यसालाई नीतिगत तहबाट सहजीकरण हुनुपर्ने सहभागीहरुको धारणा रहेको छ।
सार्क क्षेत्रमा लागनी र व्यापारलाई प्रबद्र्धन गर्नमा वातावरण बनाउने र त्यसबाट नेपालले पनि पर्याप्त लाभ लिनसक्ने सार्क चेम्बर अफ कमर्शका अध्यक्ष सुरज बैद्यको भनाइ छ।
२ सयभन्दा बढी विदेशी सहभागी रहेको उक्त कनक्लेभमा राजनीति, शान्ति, नीति निर्माण, पूर्वाधार निर्माण, र्लैगिक समानताको विषयमा छलफल भइरहेको छ।