गर्मी लागेसँगै हरेक वर्षझै एलजीले यस वर्ष पनि निशूल्क रुपमा एलजी एसी सर्भिस क्याम्प २०१८ सञ्चालन गर्ने भएको छ।
यसअन्तर्गत ग्राहकले जुनसुकै ब्राण्डको एसी निशुल्क सर्भिसिङ्ग गराउन सक्ने कम्पनीले जनााएको छ। यसबाहेक एलजीकै एसी भएमा स्पेयर पार्टस् तथा नयाँ साट्नु परेमा विशेष छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
पहिलो चरणमा काठमाडौं, नारायणगढ, बुटवल, पोखरा, नेपालगन्ज र धनगढीमा तथा दोस्रो चरणमा विराटनगर, इटहरी, धरान र विर्तामोडमा सेवा लिनेले दर्ता गर्न सक्ने कम्पनीले बताएको छ।
पहिलो चरणको दर्ताका लागि फागुन २० गते देखि चैत्र २ गते सम्ममा, दोस्रो चरणका लागि चैत ४ देखि १६ सम्म ९८०३६२१९२४ वा ९८६४४७५५६९ मा फोन गर्न सकिने एलजीले जनाएको छ।