कलकत्तामा बिचौलिया ‘किलियरिङ एजेन्ट’हरू विद्यमान रहेको सिन्डिकेटको कारण हल्दिया बन्दरगाह नेपाली आयातकर्ताको लागी राम्रो विकल्प बन्न सकेको छैन। तेस्रो मुलुकबाट मालसामान आयात गर्न नेपाली आयातकर्ताका लागि भारतको हल्दिया बन्दरगाह (पोर्ट) , कोलकत्ता बन्दरगाहको सट्टा गतिलो विकल्पका रूपमा स्थापित भएपनि एजेन्टको सिन्डिकेटका कारण गतिलो रूपमा चल्न सकेको छैन।
कोलकत्ता बन्दरगाहमा मात्रै निर्भर पर्नुपर्ने बाध्यताबाट नेपाली आयातकर्तालाई तीन वर्ष यता हल्दिया बन्दरगाहले मुक्ति दिलाएको छ । तर नेपाली आयातकर्ताको कोलकत्तामा रहेको नेपाली किलियरिङ एजेन्टमाथिको निर्भताले गर्दा यस बन्दरगाहबाट आयात बढ्न नसकेको सरोकारवालाहरूको गुनासो रहेको छ।
सन् २०१५ देखि नेपाली आयातकर्ताले प्रयोग गर्दै आएको हल्दिया बन्दरगाहको टर्मिनल, कोलकत्ता बन्दरगाहका टर्मिनल भन्दा ठूलो र बढि क्षमताको भएका कारण नेपाली आयातकर्ताहरूका लागि हल्दिया बन्दरगाह ढुवानीमा सस्तो पनि छ। तेस्रो मुलुकबाट कोइला, क्लिन्कर , फलाइ एस लगायतका औद्योगिक कच्चा पदार्थ र रासायनिक मल नेपाली आयातकर्ताले हल्दिया बन्दरगाह प्रयोग गरेर आयात गर्दै आइरहेका छन्।
कोलकत्ता बन्दरगाह समुन्द्रबाट २२० किलोमिटरको दुरीमा छ। तर हल्दिया बन्दरगाह, समुन्द्रबाट करिब चार किलोमिटरको दुरीमा मात्रै छ। जसका कारण मदर भेसल ९ठूला पानीजहाज० हरू पनि हल्दिया बन्दरगाहको टर्मिनलमा सिधै आउने गरेका छन्। तर हल्दिया बन्दरगाहको टर्मिनल कोलकत्ताको भन्दा ठूलो रहेको र रेल्वे साइड पनि पानीजहाज आउने स्थानको छेउमै भएका कारण टर्मिनलमा पानीजहाज आउने बित्तिक्कै जहाजबाट मालसामान झारेर सिधै रेलमा लोड गरेर वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाहमा पुर्याउने सुविधा समेत रहेको छ।
तर कोलकत्तामा रहेको किलियरिगं एजेन्टहरूको आफनै ट्रक भएका कारण नेपाली आयातकर्तालाई विभिन्न कृतिम समस्या देखाएर रेलवे भन्दा सडकबाटो बाटै कन्टेनरहरू कोलकत्ताबाट पठाउने गरेकोले हल्दिया बन्दरगाहलाइ ओझेलमा पारिएको छ।
तेश्रो मुलुकबाट हल्दिया बन्दरगाहको टर्मिनलमा ल्याएर भण्डारण गरिने प्रत्येक कन्टेनरमा मेरिन कन्टेनर ह्याण्डलिंग सफटवेयर प्रणाली जडान गरिन्छ। जसका कारण टर्मिनल परिसरमा भण्डारण गरिएका कन्टेनरहरू कहाँ र कुन स्थानमा छ भनेर खोज्न सजिलो हुने गरेको हल्दिया बन्दरगाह व्यवस्थापन गर्ने कम्पनी जेएन बक्सी ग्रुपका योजना शाखाका सहायक प्रबन्धक अप्पा रावले बताए।
उनका अनुसार यो सफ्टवेयर जडान गरिएका कारण, टर्मिनलमा कन्टेनरको जति धेरै चाप भएपनि आयातकर्ता वा उनका एजेन्टले आफनो कन्टेनर कहाँ कुन अवस्थामा छ भनेर सजिलै पत्ता लगाउन सक्छन् , यसले कस्टम क्लियरिंग गर्ने क्रममा पनि धेरै सहजता भइरहेको छ। कोलकत्ता बन्दरगाह टर्मिनलमा अहिले नेपाली आयातकर्ताहरुका लागि काम गर्दै आएका भन्सार जाँचपास एजेन्टलाई हल्दिया बन्दरगाह टर्मिनलमा काम गर्नका लागि छुट्टै अनुमति पत्र ९एजेन्ट लाइसेन्स० चाहिँदैन। कोलकत्ताकै लाइसेन्सका आधारमा काम गर्न सक्ने सुविधा रहेकाले नेपाली आयातकर्तालाई हल्दिया बन्दरगाहमा कुनै झन्झट नरहेको हल्दिया बन्दरगाह व्यवस्थापन गर्ने कम्पनी जेएन बक्सी ग्रुपका बजार प्रबन्धक तपन दास बताउँछन्।
कोलकतास्थित नेपालका महावाणिज्यदूत एकनारायण अर्यालले नेपाली आयातलाई सहज, छरितो र कम खर्चिलो बनाउन आफुहरू सम्भव भएसम्म हरेक प्रयास गरिरहेको बताए। उनले सुविधासम्पन्न हल्दिया र विशाखापटनम बन्दरगाहसँग प्रतिस्पर्धा गर्न कोलकता बन्दरगाहले पनि नेपाली आयातका सहजताका लागि विभिन्न उपायहरू गर्न थालेकोलाई राम्रो भने। तर कोलकत्ता बन्दरगाहमा रहेको झन्झटिलो भन्सार किलियरिगंलाई नै किलियरिगं एजेन्टहरू मनपराउनु पछिको कारण केरु कोलकत्तास्थित भारतीय महावाणिज्य दुतावासका उपमहावाणिज्यदूत नारायण शर्माले भने ‘एकताका २१ ठाउँबाट जांचपास हुने कोलकत्ता बन्दागाह भन्सारको जांच प्रक्रिया अहिले पनि आठ ठाउँबाट पास गराइनु पर्ने अवस्था रहेको छ।तर हल्दिया कोलकत्ता भन्दा धेरै सहज छ ।’
कोलकत्ता रिभर बेस पोर्ट ९नदिमा बनाइएको बन्दरगाह० तर हल्दिया ओसेन पोर्ट ९सामुन्द्रिक बन्दरगाह० हो। त्यसैले कोलकत्ता पोर्टको भन्दा यहा आयातकर्तालाइ समय र लागत खर्च दुवै कम लाग्छ। जसका कारण आयतकर्तालाई फाइदा भइरहेको छ।
पहिलो विकल्प बनेको विशाखापटनमलाई टाँढा ठानेकाहरुका लागि हल्दिया सुविधासम्पन्न अर्को विकल्पको रूपमा देखा परको छ। यो वर्षदेखि हल्दियाले पनि नेपाली कन्टेनर कार्गोलाई ढुवानीलाई प्राथमिकता दिन थालेको छ। कोलकत्ताको तुलनामा निकै कम कागजी प्रक्रिया हुने गरेकोले हल्दिया भएर आयात गर्दा समय र पैसाको बचत हुने आयातकर्ताको पनि बुझाइ छ। तर एजेन्टहरु भने आफुहरु नेपाली ब्यपारलाई ब्यवसायिक रुपमा सहजिकरण गर्ने गरेको बताउछन् । कतिपय आयातकर्ताले भुक्तानी नगर्दा महिनौ मारमा पर्ने एजेन्टलाई नै आरोपित गर्नु बेठिक भएको कोलकता भन्सार एजेन्ट संघका महासचिव अमृतभक्त श्रेष्ठले बताए । संघका आबद्ध एजेन्ट बाहेक नाम मात्रको एजेन्ट रहेका बिचौलिया ९ठप्पापाटी र ट्रासन्पोर्टर०को माध्यमबाट कारोबारले गर्दा एजेन्टहरु बदनाम भइरहेको उनको दावी छ ।
हल्दिया भएर कन्टेनरहरू आउँदा एजेन्टमार्फत हुने गरेको अनावश्यक खर्च कटौति हुने त्यहाँका अधिकारीहरूको दावी छ। हल्दियाबाट कन्टेनर मगाउँदा प्रति कन्टेनर २० देखी ५० हजार रुपैँयासम्म नेपाली आयातकर्ताको बचत हुने देखिन्छ। अन्तमा नेपाली उपभोक्ताका टाउकोमा आइपर्ने ब्यापार लागत कटौति नेपालकै लागि फाइदा भएको वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्यको भनाइ छ। उनले नेपाली आयातका लागि अन्य विकल्पहरू चयन गर्ने समय आइसकेको बताए।