मलेसियन ब्रान्ड म्याक कफीको नेपाली बिक्रेता अर्कश ग्रुपले नेपालमै उत्पादन गर्ने बारे छलफल थालिएको जानकारी दिएको छ।
मलेसियन कम्पनी फुड एम्पाएरका विभिन्न उत्पादन नेपालमा बितरण गरिरहेको ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठले म्याककफी नेपालमै उत्पादन गर्न सकिने र त्यसको लागि छलफल भइरहेको बताएका हुन्।
विश्वका ६ मुलुकमा उत्पादन प्लान्ट राखेर ५० बढी मुलुकमा विभिन्न उत्पादन बिक्री गरिरहेको कम्पनीले नेपालमा राख्नसक्ने सम्भावना भएको र त्यसमा आफूले छलफल गरिररहेको श्रेष्ठले जानकारी दिए।
फुड इम्पाएरले नेपालमा म्याक कफी, क्लासिनो कफी, साल्ट टी तथा अन्य उत्पादन बिक्री गर्दै आएको छ।
यस्ता उत्पादनको नेपालमै कच्चा पदार्थ पाइने र त्यसलाई प्रसोधन प्लान्ट नेपालमै राखेर अन्यत्र निर्यात गर्नसकिने श्रेष्ठको भनाइ छ।
हाल इम्पाएरका उत्पादन नेपालमा लोकप्रीय हुँदै गएको र भविष्यमा उपभोक्तालाई अझै सहुलियतमा उपलब्ध गराउने श्रेष्ठले बताए।