आन्तरिक हवाइ सेवाप्रदायक यती एअरलाईन्स कार्बन शून्य कार्वन उत्सर्जक हुने भएको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)को सहभागिता उक्त यात्रा सुरु गरिएको यतिले जानकारी दिएको छ।
एयरलाइन्सले विगत वर्षमा घटाउँदै लिएको कार्वन उत्सार्जनको अवस्था बारेमा प्रगति विवरण पनि सर्वाजनिक गरेको छ। नेपाल नागरिक उडड्यन प्राधिकरण तथा अन्य सरोकारवालाहरुको माझमा उक्त विवरण सार्वजनिक गरिएको हो।
नेपालको उड्डयन क्षेत्रमा गरेको यस किसिमको पहिलो अभ्यासले हवाईयात्रा, सवारी साधन र वायुसेवासँग सम्बन्धित संचालनबाट उत्सर्जन हुने हरित गृह ग्यांसको अध्ययन गरेको थियो ।
यती एअरलाईन्सका प्रमुख कार्यकारी अधिकृत उमेश चन्द्र राईले प्राधिकरण र युएनडीपीको सहयोगमा यती एअरलाईन्स कार्बन तटस्थताको दिशामा अघि बढ्न सफल भएकोमा खुसी व्यक्त गरे।
‘यस्तो अभ्यास नेपालमा पहिलो हो यसले न्यून कार्बनपथमा अघि बढेको हाम्रो यात्रामा सबै सरोकारवालाहरुको सहयोगको अपेक्षा गरेका छौं’ उनले भने।
युएनडीपीका प्रमुख रेनोड मेयरले यती एअरलाईन्सले आफुलाई जलवायु तटस्थ संस्थाका रुपमा रुपान्तरण गर्ने प्रतिबद्धतालाई स्वागत गर्दै यस कार्यले अन्य कम्पनीहरुलाई पनि दिगो विकासका लक्ष्य प्राप्त गर्ने दिशामा उन्मूख गराउने बताए।
कार्यक्रममा सार्वजनिक गरिएको प्रारम्भिक तथ्याङक अनुसार सन् २०१७ मा यती एअरलाईन्सले १८,१३३ टन कार्वन उत्सर्जन गरेको छ । यसको मुख्य श्रोत भनेको एअरलाईन्सको वायुयानहरुले प्रयोग गर्ने ईन्धन नै हो ।उक्त कार्वनको मात्रा करिब ४ लाख ७० हजार रुख विरुवाले दश बर्षसम्म सिञ्चित गर्ने कार्बन बराबर हुनेछ । अध्ययनले यतीको नयाँ वायुयान थपसँगै गतवर्षभन्दा सन् २०१७ मा प्रति यात्रु ७ प्रतिशत र प्रति कि.मी. ११ प्रतिशत कार्बन उत्सर्जन घटेको छ।
प्रमुख कार्यकारी अधिकृत राईका अनुसार यतीले भविष्यमा न्यून कार्बन उत्सर्जन गर्नका लागि कम इन्धन खपत हुने हवाइमार्गसंगै वायुयानमा थप्ने, कर्मचारीको दक्षता अभिवृद्धि गर्ने र वायुयानमा प्रयोग हुने सामानहरुको भार घटाउनेमा जोड दिनेछ ।