निजी क्षेत्रको हवाई सेवाप्रदायक बुध्द एयरले नयाँ विमान ल्याएको छ। योसँगै बुद्धसँग १० विमान भएका छन्।
नेपालको सबैभन्दा ठुलो आन्तरिक हवाइ सेवा प्रदायक बुद्धले एटिआर ७२–५०० सिरिजको ७२ सिटे विमान आज काठमाडौं ल्याइपु¥याएको हो।
एक अर्ब रुपैयाँमा बुद्धले पहिले नै चलाइसकेको विमान ल्याएको हो। निकट भविष्यमै काठमाडौं–कोलकत्ता सिधा उडान गर्ने तयारीमा रहेको बुद्धले नयाँ विमान किनेको छ।
नयाँ विमानले कागजी प्रक्रिया पुर्याएर व्यवसायिक उडान सुरु गर्ने एयरका अधिकारीहरुले जानकारी दिएका छन्। माघ मिहनाभित्र उडाइसक्नेगरी बुद्धकाे याेजना छ। नयाँ विमानले रंगराेगन र नागरिक उड्डयन प्राधिकरणमा कागजी प्रक्रिया पुरा गरेरमात्र उडान थाल्ने छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नै ह्यांगर भएको बुद्धसँग ७२ सिट भएका एटिआर७२–५०० सिरिजका पाँच, ४७ सिट क्षमतायुक्त एटिआर ४२–३२० तीन र १८ सिट भएक बिचक्राफ्ट–१९००डी सिरिजका दुइवटा गरी कूल नौं विमान रहेको छन्। अर्को एटिआर ७२–५०० विमान आउने क्रममा छ।
हाल बुद्धले काठाडौंबाट,विराटनगरबाट र पोखराबाट दैनिक ४५ बढी उडान गरिरहेको छ। त्यस्तै माउन्टेन,अन्नपुर्ण फ्लाइट पनि गर्छ भने भुटानको पारो र भारतको बनारसमा चार्टर उडान पनि गरिरहेको छ।
सन् २०२० बाट एयरबस विमान खरिद गरेर अन्तर्राष्ट्रिय उडान सेवा विस्तार गर्ने योजनामा रहेको बुद्धले भारतको कोलकत्ता पनि उडान गर्ने घोषणा गरिसकेको छ।