दाङको घोराहीमा बिहीवारदेखि सुविधा सम्पन्न ‘होटल माला ईन’ सञ्चालनमा आएको छ।
घोराही उपमहानगरपालिको कार्यालय रहेको रोडमा साढे १५ करोड रुपैयाँको लगातमा होटल माला ईन प्रालिले उक्त सञ्चालनमा ल्याएको हो।
घोराही निवासी दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष ओविन्द्र महरा र उनकी श्रीमती जुना केसी महराले होटलमा लगानी गरेका हुन्। होटल सञ्चालक ओबिन्द्रका बुवा कर्णबहादुर महरा र प्रदेससभा सदस्य अमरबहादुर डाँगीले बिहीवार होटेलको उद्घाटन गरे।
प्रदेशभा सदस्य डाँगीले उक्त होटलले दाङको व्यवसायिक तथा पर्यटन विकासमा सघाउने विश्वास व्यक्त गरे।
६ तलाको यो होटलमा लिफ्टको सुविधा पनि छ। दाङमा यो नै लिफ्ट सहितको पहिलो होटेल हो। ४९ वटा कोठा, ४ हल छन्। होटलमा एकरातमा १ सय ७ जना बास बस्न सक्ने जानकारी दिइएको छ।