लण्डनको रेमिट्यान्स कम्पनी सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनीबीच रेमिट्यान्स सेवा सम्झौता भएको छ। सम्झौतासँगै सिगेबाट पठाएको रेमिट्यान्स रकम सिटीका जुनसुकै एजेन्टहरुबाट बुझ्न सकिनेछ।
सिगे मनी ट्रान्सफरको विश्वभर १३० बढि देशहरुमा सञ्जाल छ। यो सेवा सुरु भए पछि युरोपसहित सिगे मनी ट्रान्सफरका शाखाबाट सिटी एक्सप्रेसमार्फत रकम प्रवाह गर्न सकिने सिगेका पे्रसिडेन्ट जोसेफ अगिलरले जानकारी दिए।
यो सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिगे मनीका पे्रसिडेन्ट जोसेफ अगिलरले हस्ताक्षर गरे। विगत ११ वर्षदेखि विदेशबाट पठाएको रकम आफ्ना ५००० भन्दा बढी एजेन्टहरु मार्फत सिटी एक्स्प्रेसले भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।