व्यवसायमा रहेका र उद्यमशीलताप्रति आकर्षित युवाहरूलाई लक्षित गरेर महिला युवा उद्यमशीलता समिट हुने भएको छ।
माघ ६ गते हुने उक्त समिटमा व्यवसायिक उप्ररेणा, नेटवर्किङ र योजनाका बारेमा प्यानल छलफल हुनेछ। याे समिटमा पुरुषले पनि सहभागी हुन पाउने छन्।
फरक कोणबाट सेवा तथा उत्पादनको क्षेत्रमा सफलता पाइरहेकाहरूलाई एकै ठाउँमा बोलाएर अनुभव, योजना र व्यवसायिक साझेदारीको समिट आयोजक मध्येकी एक जुना माथेमाले जानकारी दिइन्।
अघिल्ला वर्षहरूमा पनि हुँदै आएको सम्मेलनबाट व्यवसााय गरिरहेकाहरू, व्यवसाय गर्ने सोचमा रहेकाहरू लाभान्वित हुने उनले बताइन्।
नेप्लीज योङ इन्टरप्रेनर्स फोरम नामको संस्थाले आयोजना गर्ने उक्त समिटममा अघिल्ला समिटबाट लाभान्वित भएर सफल भएका थुप्रै उदाहरण भएकाले उत्साहित भएर समिटलाई निरन्तरता दिइएको आयोजकको भनाइ छ।
अघिल्लो वर्षको समिटमा सहभागी अनुजा राजभण्डारी समिटमा सहभागी भएर व्यवसायमा निकै सहयोग पुगेको बताउँछिन्।
सम्मलेनमा एकअर्कासँग सम्बन्धी व्यवसायका मान्छेहरू भेट हुने हुँदा त्यसबाट नेटवर्क फोरम उपलब्ध हुने उनको बुझाइ छ।
‘एकादेशमा’ ब्रान्डका कपडा उत्पादन गर्ने उनले उक्त समिटबाट पाएको नेटवर्कबाट विदेशमा समेत व्यवसाय विस्तार गर्ने मौका पाएको बताइन्।
‘म त्यो समिटमा सहभागी भएपछि नेपालमै पनि धेरै सहकार्यका मौका पाए’ उनले अनुभव सुनाउँदै भनिन्,‘मैले अष्ट्रेलियामा समेत फेसन शो गर्ने मौका त्यहीबाट पाए।’
माघ ६ गते काठमाडौंको र्याडिसन होटलमा संचालन हुने उक्त कार्यक्रममा नेपालमा विभिन्न व्यवसायमा संलग्नहरूलाई एकैठाउँमा ल्याएर छलफल गरिने छ।
उक्त समिटमा सहभागी हुनको लागि शुल्क भने २ हजार ५ सय रुपैयाँ लग्ने छ। सहभागी हुन चाहनेले पहिले नै संस्थाको
वेबसाइटमा गएर
दर्ता गर्ने र कार्यक्रम स्थलमा गएर पैसा तिर्न पनि सक्छन्।
यस्तै विद्यार्थीहरूको लागि २ हजार रुपैयाँमात्र शुल्क रहको छ।