पेयपदार्थ उत्पादक कम्पनी कोका–कोला नेपालले आफ्ना उत्पादनहरु सानो साइजको बोतलमा ल्याएको छ।
कोकाकोला, फ्यान्टा र स्प्राइटलाई सानो प्लास्टिक बोतलमा बजारमा ल्याइएको कम्पनीले जनाएको छ। नयाँ बोतल आगमनसँगै कोकाकोलाको पेट बोतल श्रेणीहरु थप भएका छन्। ग्राहकको बढ्दो मागलाई मध्यनजर र ध्यानमा राख्दै कम्पनीले ३०० एमएलको बोतलमा आफ्ना उत्पादन बजारमा ल्याएको हो।
जसको मूल्य ४० रुपैयाँ तोकिएको छ। यो पेट बोतलमा सबैभन्दा सानो भएकाले यसलाई ‘फुच्चे प्याक’ भनिएको छ। नयाँ प्याकको सर्वजानिक गर्दै कोकाकोला नेपालका कन्ट्री डाईरेक्टर अम्बुज सिंहले बढ्दो माग अनुसार सानो साइजको बोतल बजारमा ल्याइएको बताए।
‘चाहना अनुसारको साइजमा पेयपदार्थ छनोट गर्न समेत सजिलो भएको छ’ उनले भने ‘हामीलाई विस्वास छ, हाम्रा ग्राहकले यो फुच्चे प्याक मन पाराई यसको आन्नद लिनु हुने छ।’