चिनियाँ कम्पनी हुवाजिनले नेपालमा सिमेन्ट उद्योगमा लगानी गर्ने भएको छ। यसअघि नै ६० करोड रुपैयाँमा चुनढु्रगा खानी किनेको कम्पनीले १५ अर्ब लगानीमा सिमेन्ट उद्योग स्थापना गर्ने भएको छ।
सतप्रतिशत चिनियाँ लगानीमा खुल्ने उक्त उद्योग हवाजिन सिमेन्ट नारायणीको नामबाट लगानीबोर्डसँग प्रारम्भिक परियोजना सम्झौंता गरेको छ।
सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) महाप्रसाद अधिकारी र हुवाजिनका निर्देशक ल्यू च्याङगोलेले हस्ताक्षर गरेका छन्।
आज सम्पन्न उक्त सम्झौतालाई दुवै पक्षका बोर्डले पारित गरेमा लगानी सम्झौता मानिने बोर्डले जानकारी दिएको छ।
यसअघि खानी विभागले धादिङको
१२ मंसिरमा हुवाजिनलाई खानी विभागले धादिङको पानीखर्कमा चुनढुंगा खानी लिलामीमा राख्दा हुवाजिनले ६० करोड कबोल गर्दै हात पारेको थियो। उद्योगले सुरुमा दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ।
हुवाजिनको वैदेशिक लगानी यसअघि नै स्वकृत भइसकेको लगानी बोर्डले जानकारी दिएको छ।