कुटी रिसोर्ट एण्ड स्पाले पोखरामै पहिलोपटक इन्डोर तापयुक्त स्वीमिङ पुल बनाएको छ। रिसोर्टका प्रबन्ध निर्देशक सुरज विष्टका अनुसार रसायरहित तापयुक्त यस्तो पुल नेपालमै पहिलो हो। रिसोर्टका गेष्टहरुले निशुल्क यो सुविधा पाउने छन्।
जाडोमा अतिथीहरुलाई पौडीको मज्जा नछुटोस भन्ने हेतुले यो सुविधा थपिकएको विष्टको भनाइ छ। ३२ डिग्री सेल्सियससम्मको तापक्रम हुने उक्त पौडी पोखरी नेपाली र अन्तर्राष्ट्रिय पर्यटकलाई केन्द्रमा राखेर बनाइएको संचालकहरुको दाबी छ।
पर्यटकहरुलाई आर्षित गर्न सेवा सुविधाहरु थप्दैजाने योजना अनुसार नयाँनयाँ सुविधा थप गर्दै गइरहेको विष्टले जानकारी दिए। उनका अनुसार रिसोर्टले यही डिसेम्बर १६ देखि प्रत्येक दिन सांस्कृति कार्यक्रम पनि आयोजना गरिने छ। बेलुका ७ देखि ९ बजेसम्म उक्त कार्यक्रम चल्ने उनको भनाइ छ।
५१ डिलक्स रुम भएको रिसोर्टमा स्टीम सोना, हट स्टोन सोना र अन्य स्पा सुविधाहरु रहेका छन्।