विजय डिष्टीलरीद्वारा उत्पादित तथा वितरित रुस्लान भोड्का नयाँ प्याकेजिङ्गमा बजारमा आएको छ। ग्राहककै चाहाना अनुरुप नयाँ प्याकेजिङ्गमा उपलब्ध गराइएको कम्पनीको दावी छ।
जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजको व्यवस्थापनमा रुस्लान भोड्काको वितरण हुँदै आएको छ। हाल बजारमा रहेको बोतलको क्याप खोल्न केही अप्ठेरो भएको र मदिराको मात्रा पहिचान गर्न असजिलो भएको गुनासोहरुलाई मध्यनजर गर्दै कम्पनीले अत्याधुनिक प्याकेजिङ्ग भएको बोतल बजारमा ल्याएको जनाएको छ।
अहिले बजारमा ल्याइएको नयाँ प्याकेजिङ्ग सहितको बोतलको क्याप खोल्न सजिलो हुनुका साथै सजिलै मदिराको मात्रा पहिचान गर्न सकिने छ। नयाँ प्याकेजिङ्ग पहिलेको तुलनामा आकर्षक समेत रहेको कम्पनीले जनाएको छ।
प्याकेजिङ्ग नयाँ भए पनि स्वाद र गुणस्तरमा कुनै पनि सम्झौता नगरिएको डिष्टिलरीले जनाएको छ।