एरोफ्लोट रसियन एयरलाइन्सको आधिकारीक एजेन्टमा गण्डकी इन्टरनेसनल ट्राभल नियुक्त भएको छ।
नियुक्त सम्झौतामा एरोफ्लोटका जनरल म्यानेजर सर्गे भि किडिसयुक र गण्डकीका प्रबन्ध निर्देशक दिग्विजय कोनेले हस्ताक्षर गरे।
पूर्वी युरोपमा सस्तो र उत्कृष्ठ एयरलाईन्स मानिने एरोफ्लोटले दिल्लीबाट मस्को हुँदै पूर्वी युरोप र अमेरिकाको उडान गर्दछ। एयरलाईन्सले दैनिक दिल्लीबाट मस्कोको दुई उडान गर्नेछ।
एयरबस ३३० द्वारा हवाई सेवा प्रदान गर्ने एरोफ्लोटसँग दुई सय वटा एयरक्राफ्ट रहेको र तीन सय भन्दा बढी गन्तव्यहरुमा उडान गर्दै आएको प्रबन्ध निर्देशक दिग्विजय कोनेले बताए।
एरोफ्लोटको उडानका कारण नेपालमा पदयात्रा र पर्वतारोहणका लागी आउन चाहने रसियन पर्यटकहरुको संख्या बढ्ने गण्डकी ईन्टरनेशनल ट्राभलका अध्यक्ष रामकाजी कोनेले बताए।
त्यस्तै नेपालबाट जानेहरुका लागि पनि यो एयरलाईन्स सस्तो पर्ने उनको भनाइ छ। सम्झौता कार्यक्रममा नेपालका लागि रसियन राजदुत एन्ड्रे सेर्गेरिच बुडनिक लगायतको उपस्थिति रहेको थियो।