नेपाल–भारत लोक कला उत्सव मंगरबारदेखि काठमाडौंको भृकृटीमण्डपमा सुरु हुने भएको छ।
साउथ एसिया फाउन्डेशन र साउथ एसिया फाउन्डेशन नेपालको सयुक्त अयोजनामा सुरु हुने उक्त उत्सवमा भारत नेपालका लोक कलाका ८० वटा पेभिलिएन रहने आयोजकले जानकारी दिएका छन्।
लोक कलाको प्रबर्द्धन, ज्ञान सीपको आदानप्रदान, कला संस्कृतिको क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको फाउन्डेशनका महासचिव राहुल बारुले जानकारी दिए।
उत्सवमा सांस्कृति प्रदर्शनी, क्रेताबिक्रेताबीच भेटघाटजस्ता गतिविधि संचालन गरिने उनले बताए। उक्त अवसरमा ५० बढी भारतबाट ३० जना नेपालका लोक कलाकार हुनेछन्।
अन्तर सांस्कृतिक उत्सवबाट एकआपसमा सम्बन्ध विस्तार, सहकार्यको सुनौलो अवसर भएको बारुको भनाइ छ।
त्यस्तै खादी नेपाल फेसन सो पनि आयोजना हुने भएको छ। मंगलबार बेलुका सात बजे काठमाडौंमा रहेको भारतीय दुतावासमा हातले बनाइएका खादीका कपडामा ¥याम्प गराइने आयोजकले जानकारी दिएका छन्।