भारतले २ सय रूपैयाँको नोट बजारमा पठाउने भएको छ। कारोबार गर्न सजिलो होस् भनेर भारतीय रिजर्भ बैंकले २ सयको नयाँ नोट ल्याउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
नयाँ नोट शुक्रबारदेखि एटिएम र बैंकबाट उपलब्ध हुनेछ।
गत वर्ष कालो धन नियन्त्रण गर्ने भन्दै भारतले पाँच सय र एक हजार रुपैयाँका नोटमाथि प्रतिबन्ध लगाएको थियो।