एनएमबी बैंकले शाखा सञ्जाललाई विस्तार गर्दै माघ १४ गते आठबीसकोट, रुकुममा २०२औं शाखा उद्घाटन गरेको छ।
उद्घाटन समारोह आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवि केसी र एनएमबी बैंकका नायव महाप्रमुख प्रमोद दाहालको उपस्थितिमा सम्पन्न भएको हो।
नयाँ शाखा सञ्चालनले आठबीसकोट क्षेत्रका स्थानीय समुदायलाई सहज, सुरक्षित र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।
ग्राहकहरू, व्यवसायीहरू र स्थानीय संस्थाहरूको आवश्यकता सम्बोधन गर्न यो शाखाले महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ।
यस शाखाले क्षेत्रीय आर्थिक गतिविधि र विकासलाई थप गति दिन सहयोग गर्ने विश्वास गरिएको छ।
एनएमबी बैंकले वित्तीय पहुँचलाई सहज बनाउन देशका विभिन्न भागमा आफ्ना शाखा स्थापना गर्दै आएको छ।
बैंकले आफ्ना सेवा सञ्जाललाई विस्तार गरी स्थानीय उद्यमशीलता र समुदायको आर्थिक सशक्तिकरणमा योगदान पुर्याउँदै आएको छ।
आठबीसकोट शाखाको उद्घाटनले बैंकको सञ्जाललाई अझ बलियो बनाएको छ।
बैंकले हाल देशभर २०२ शाखा, १८६ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।