मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ।
यस दिन नेप्से ५१.११ अंकले घटेर २७०२.६५ विन्दुमा बन्द भएको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ।
गत कारोबार दिन अर्थात् आइतबार ११ अर्ब ७२ करोडको सेयर कारोबार भएकोमा मंगलबार १० अर्ब ४६ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब २६ करोड रूपैयाँ कमी आएको हो।
आज ३१० वटा धितोपत्रको दुई करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार २० कम्पनीको सेयर मूल्य बढेको छ भने २२४ वटाको घटेको छ। यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य पाँच हजार २२६ रूपैयाँ कायम भएको छ।
नारायणी डेभलपमेन्ट बैंकको मूल्य ७.२७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार १०६ रूपैयाँ पुगेको छ।
यस्तै, ङादी ग्रुप पावरको मूल्य १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५२० रूपैयाँमा झरेको छ।
दोस्रोमा समृद्धि फाइनान्सको मूल्य ८.५५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८०० रूपैयाँ कायम भएको छ।
मंगलबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ५२० रूपैयाँमा ४६ करोड ६८ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा समृद्धि फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८०० रूपैयाँमा २९ करोड ८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.१७ प्रतिशतले घटेको छ भने दोस्रोमा जलविद्युत समूहको परिसूचक ३.०७ प्रतिशतले घटेको छ।