साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ११.५८ अंकले बढेको छ।
यसदिन नेप्से ०.४४ प्रतिशतले बढेर २५८८.३५ विन्दुमा बन्द भएको छ।
यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आएको छ।
बुधबार पाँच अर्ब ६६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन पाँच अर्ब नौ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५७ करोड रूपैयाँ कमी आएको हो।
आज ३२५ वटा धितोपत्रको एक करोड २४ लाख ८५ हजार ७३१ कित्ता सेयर किनबेच भएको हो।
आइतबार १३८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ वटाको घटेको छ। यस्तै, १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन तीन कम्पनीको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ।
इष्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त, अपर स्याङ्गे हाइड्रोपावरको मूल्य बढेको हो।
यस्तै, रावा इनर्जीको मूल्य सर्वाधिक ८.६५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७५० रूपैयाँमा झरेको छ।
स्वरोजगार लघुवित्तको मूल्य ७.४२ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १० रूपैयाँ कायम भएको छ।
आइतबार सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ३१ रूपैयाँमा २७ करोड ८० लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.६० प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३०८ रूपैयाँमा १४ करोड ६९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक बढेको छ भने बाँकी पाँच समूहको परिसूचक घटेको छ।
यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशतले बढेको छ।