आयात हुने वस्तुमा सोझै उपभोग गर्न सकिने तयारी सामानको हिस्सा उच्चले बढेको छ।
गत आर्थिक वर्ष २०८०–८१ मा ६ खर्ब ६१ अर्बको तयारी सामान आएको हो।
यसअघि ६ खर्ब १७ अर्ब रूपैयाँको यस्तो सामान आएको थियो। यसमा ६.९७ प्रतिशतले वृद्धि भएको हो। यो कुल आयातको ४१.५ प्रतिशत हिस्सा हो। यसअघि यस्तो हिस्सा ३८.३ प्रतिशत थियो।
त्यस्तै, गत आर्थिक वर्ष २०८०–८१ मा सात खर्ब ७७ अर्बको मूल्य अभिवृद्धि गर्ने सामान आएको हो।
यसअघि आठ खर्ब ५७ अर्ब रूपैयाँको यस्तो सामान आएको थियो। यसमा ९.३० प्रतिशतले गिरावट हो। यो कुल आयातको ४८.८ प्रतिशत हिस्सा हो। यसअघि यस्तो हिस्सा ५३.२ प्रतिशत थियो।
मुलुकमा पुँजी निर्माण हुने सामानको आयात गत आर्थिक वर्ष २०८०/८१ मा एक खर्ब ५३ अर्ब छ।
यसअघि एक खर्ब ३६ अर्ब रूपैयाँको यस्तो सामान आएको थियो। यसमा १३ प्रतिशतले वृद्धि भएको हो। यो कुल आयातको ९.७ प्रतिशत हिस्सा हो। यसअघि यस्तो हिस्सा ८.४ प्रतिशत थियो।
गत आर्थिक वर्ष आयात १.२ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब रूपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको यही अवधिमा १६ खर्ब ११ अर्ब रूपैयाँको आयात भएको थियो।